Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

ग्रामिण सडक सञ्जाल सुधार आयोजना

Kaski
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

ग्रामिण सडक सञ्जाल सुधार आयोजना

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय 2082-03-19

ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई (PIU), कास्की, पोखरा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत रहेको छ। यस आयोजना एशियाली विकास बैंक (ADB) र नेपाल सरकारको सहकार्यमा ऋण तथा अनुदान सम्झौता मार्फत सञ्चालित छ।
यस आयोजनाले दुर्गम क्षेत्रहरूमा पहुँच विस्तार गर्न ग्रामीण सडक स्तरोन्नति र पुल निर्माणमा केन्द्रित भएर कार्य गरिरहेको छ। आयोजनाले गण्डकी प्रदेशका सबै ११ जिल्लालाई समेटेको भए तापनि हाल निर्माण कार्य निम्न पाँच जिल्लामा आयोजना सञ्चालनमा रहेका छन् ।

  • बागलुङ
  • पर्वत
  • कास्की
  • गोरखा
  • नवलपुर

कार्यान्वयन निकायहरूः

  • शहरी विकास मन्त्रालय (MOUD)
  • स्थानीय पूर्वाधार विभाग (DoLI) अन्तर्गतको परियोजना समन्वय इकाई (PCU)
  • गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

 


RCIP-AF, PIU – गण्डकी:

  • स्थापना मिति: २०८० साल आशोज २४ गते
  • स्थान: पोखरा महानगरपालिका–१७, बिरौटा, कास्की
  • मातहत: गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  • कार्यक्षेत्र: पाँच जिल्लामा पाँचवटा ग्रामीण सडक निर्माण आयोजना कार्यान्वयनको जिम्मेवारी

आयोजनाका उद्देश्यहरूः

  • ग्रामीण सडक स्तरोन्नति गरी सबै मौसममा पहुँच र क्षेत्रीय सम्बन्ध विस्तार गर्नु
  • ग्रामीण समुदायको आर्थिक वृद्धि र बजार पहुँच प्रवर्द्धन गर्नु
  • यातायात लागत र कटनीपछिको नोक्सान न्यूनीकरण गर्नु
  • शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवाहरूमा पहुँच वृद्धि गर्नु
  • सामाजिक समावेशिता र सामुदायिक विकासलाई प्रवर्द्धन गर्नु

स्तरोन्नतिको लागि चयन गरिएका सडकहरू (कुल ५ वटा):

  1. अबुवा–बिर्दी–सेराबजार–पौवाटार सडक (गोरखा) – १५.५५ कि.मी.
  2. पातीचौर–बाजुङ–क्याङ–नागी सडक (पर्वत) – १८.१८ कि.मी.
  3. अदालतचौतारी–टित्याङ्–सालबोट–भकुण्डे सडक (बागलुङ) – १५ कि.मी.
  4. घट्टेखोला–धम्पुस–खानीगाउँ सडक (कास्की) – १३.३ कि.मी.
  5. आलोक रिङ रोड (नवलपुर) – ८.६ कि.मी.
    • रुट: गिरुवारी–झ्यालबास–डाँडा–गोछाडा–कोलुवा–चौराहा–पनौती–बसन्तपुर–गिरुवारी


पछिल्लो अपडेट गरिएको : 2082-03-19 11:45:37

© सर्वाधिकार सुरक्षित ग्रामिण सडक सञ्जाल सुधार आयोजना

Powered By: ProActive Developers